१९ बैशाख २०८१, बुधबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अव सरकारले बनाउने भएको हो ।

आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने निर्णय गरेको हो । सरकारले उक्त रंगशाला स्वामित्व ग्रहण गरेर निर्माण अघि बढाउने निर्णय गरेको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउन नसकेपछि सरकारलाई जिम्मेवारी लिन आग्रह गर्दै आएको थियो । मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माणका क्रममा खर्च अभाव भएर निर्माण काम रोकिएको रंगशाला बनाउने निर्णय लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !