६ बैशाख २०८१, बिहिबार

क्रिकेटर पारस खड्का भन्छन्- राजनीतिमा आउन सक्छु


पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउन सक्ने बताएका छन् । तर, क्रिकेट व्यवस्थापन भए मात्रै त्यसका लागि आफूले सोच्ने उनको भनाइ रहेको छ ।

आज बुधबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पूर्व कप्तान ​खड्काले तत्काल भने नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए । तर सही राजनीतिले संस्थालाई अगाडि बढाउन सके आफू त्यसमा सकारात्मक भएको बताए ।

उनले अहिले उचित समय लागेर अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको पनि बताए । नेपाली क्रिकेट टिमभित्रको वातावरणलाई आफूले सधैँ मिस गर्ने उनले बताए ।

खड्काले आगामी दिनमा क्रिकेटलाई कसरी राम्रो गर्न सकिन्छ भनेर क्यानसहितका अधिकारीलाई आइडिया दिनसक्ने भन्दै आगामी दिनमा मौका मिलेमा क्यानमा कुनै भूमिका निर्वाह गर्न सक्ने पनि बताए । छिट्टै क्रिकेट एकेडेमी लन्च गर्न लागेको जानकारी दिँदै उनले त्यसलाई नेपालभर लिएर जाने पनि बताए ।

खड्काले एक महिनाभित्र आफूले आफ्नो क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउन लागेको बताए । उनले आफू क्रिकेटको व्यवस्थापनमा आउन चाहेको बताएका छन् । उनले सबैको सहयोग र मिहिनेतले नेपाली क्रिकेट अहिलेको अवस्थासम्म आइपुगेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !