६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ क्लब सेमिफाइनलमा


प्रधानमन्त्री कप क्रिकेट : एपिएफ क्लब सेमिफाइनलमा ????????????????????????????????????

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

लगातार तीन खेल जितेको त्रिभुवन आर्मी क्लब पनि यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले जितका लागि कर्णालीसमक्ष २१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

कर्णालीले भने ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनायो । कर्णालीका लागि हेमन्त ओलीले ५८, हिमांशु शाहीले २०, कप्तान रवीन्द्र शाहीले १४, अभिषेक ठकुरीले १२ तथा राज शाहले १२ रन बनाउनुभयो ।

बलिङतर्फ एपिएफका लागि वसन्त रेग्मी र किशोर महतोले तीन÷तीन, भुवन कार्कीले दुई तथा कप्तान शरद भेषवाकरले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाउनुभयो ।

यस्तै अमरसिंह राउटेलाले ३१, सुवास खकुरेलले २३, शङ्कर रानाले १५, भुवन कार्कीले १५, वसन्त रेग्मीले १४ तथा सुमी महर्जनले १० रनको योगदान दिनुभयो । बलिङतर्फ कर्णालीका रवीन्द्र शाही र अनुज चुनाराले तीन÷तीन तथा दिवान पुन र राज शाहले दुई/दुई विकेट लिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !