१४ बैशाख २०८१, शुक्रबार

सरकारले बिदेशमा रहेका २४ हजार नेपालीलाई उद्धार गर्ने, भाडा कहाँ कति ?


वाइडबडी

२९ जेठ, काठमाडौं । नेपाल सरकारले ६७ उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने भएको छ, नेपाल वायुसेवा निगम र हिमालयले ४३ उडान गर्नेछन् भने विदेशी एयरलायन्सले २४ उडान गर्नेछन्, उद्धार उडानको भाडादरसमेत तय गरिएको छ ।

सरकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । नेपाली र विदेशी एयरलायन्सले गरेर ६७ वटा उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको हो ।

उद्धारको क्रममा नेपाली एयरलायन्सले ४३ उडान गर्नेछन् भने विदेशका एयरलायन्सले २४ उडान गर्नेछन् । ४३ मध्ये नेपाल वायुसेवा निगमले २४ र हिमायल एयरलायन्सले १९ वटा उडानबाट उद्धार गर्नेछन् ।

यस्तो छ सर्त

वायुयानमा ८५ प्रतिशत यात्रु हुनुपर्ने पहिलो सर्त राखिएको छ । त्यस्तै, नेपाल आउन चाहने नेपालीले पिसिआर वा आरडिटीको नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेस गर्नुपर्नेछ । वायुसेवा कम्पनीले दूतावासमार्फत मात्रै समन्वय गर्नुपर्ने हुन्छ । यात्रु आइसकेपछि सरकारको निर्णयअनुसार क्वारेन्टाइनमा बस्नुपर्नेछ । सरकारले तोकेको भाडा करसहित भएकाले तोकेको भाडाभन्दा बढी असुल गर्न पाइनेछैन ।

भाडा कहाँ कति ?

संख्या    गन्तव्य    भाडा (डलर)

१.    ओमन    ५१०

२.    साउदी अरब दमाम    ५९०

३.    साउदी अरब रियाद    ६३०

४.    बैंकक, थाइल्यान्ड    ३९०

५.    ढाका, बंगलादेश    १६५

६.    मलेसिया    ५२०

७.    दोहा, कतार    ५४५

८.    युएई    ५००

९.    कुवेत    ५७०

१०.    कम्बोडिया    ४००

११.    बहराइन    ५४५

१२.    साउदी अरब जेदाह    ७७०

१३.    सुडान    ९४०

१४.    माले, माल्दिभ्स    ५०५

१५.    हङकङ    ५५०

१६.    दिल्ली    २०५

१७.    मुम्बई     ३१०

१८.    बेंग्लोर    ३३५

१९.    ओमन    ८१५

२०.    साइप्रस    ८७५

२१    नारिता, जापान    ९३५

२२.    हिथ्रो (युके)     १३५०

२३.    फ्र्यांकफर्ट (जर्मनी)    १२५५

यो पनि पढ्नुहोस्

सरकारले बिदेशमा रहेका २४ हजार नेपालीलाई उद्धार गर्ने, कहाँ कहिले उडान ?

३२ जेठदेखि ११ असारसम्म २४ हजार नेपालीको उद्धार गर्ने सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !