२१ बैशाख २०८१, शुक्रबार

पानीको माग गदै किसानले कुलोको मुहानमा पूजा गरे


Nepalpatra

६ साउन, दाङ । साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै यहाँका किसानले भुमेबर्माको पूजा गरेका छन् ।

तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताउनुभयो ।

उहाँले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पान्र्छिन् भन्ने जनविश्वासका कारण पूजा गरिएको हो भन्नुभयो ।

सयौँको सख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलि थिए । समयमा पानी नपर्दा किसान निकै चिन्तित रहेका छन् । पानी नपर्दा तुलसीपुरको हजाराँै बिगाह जमीन बाँझै रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !