७ बैशाख २०८१, शुक्रबार

आइतवारमा कुन देवी-देवताको पूजा गर्ने ?


आइतवार

आइतवारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, आइतवारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

आइतवार

हिन्दू धर्मावलम्बीहरू आइतवारमा सूर्य देवताको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार आइतवारलाई सूर्यदेवको वार मानिन्छ । यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनु हुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।

बिक्रम संबत पात्रो अनुसार यो दिन हप्ताको पहिलो दिन हो । क्रिश्चियन पात्रो अनुसार पनि आइतवारलाई हप्ताको पहिलो दिन मानेपनि युरोपमा २० औं शताब्दीको मध्यदेखि यसलाई हप्ताको सातौं दिन मान्न थालिएको छ। इसाईहरू आइतवारलाई पवित्र दिवस मान्दछन् र हरेक कामबाट छुट्टी लिन्छन् र चर्च जाने गर्दछन्।

यो पनि पढ्नुहोस्

यस्तो छ आइतबार व्रतकथा

आइतबार के के काम गर्दा सफलता मिल्छ ?

आइतबार जन्मेका मानिसको भविष्य र आचरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !