१२ श्रावण २०८१, शनिबार

सिन्धुपाल्चोकको पाल्चोकमा ६ हजार किलोको घण्ट बन्ने


सिन्धुपाल्चोकको पाल्चोकमा ६ हजार किलोको घण्ट बन्ने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोक मन्दिरमा ६ हजार किलोको ठूलो घण्ट बन्ने भएको छ । आज एक कार्यक्रमबीच प्रकाश मानव सेवा आश्रमका संरक्षक प्रकाश भुजेलले घण्टको शिलान्यास गरे ।

जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समितिले सो घण्ट दुई वर्षमा निर्माण गर्ने लक्ष्य लिएको बताएको छ । घण्ट निर्माणका लागि प्रकाश भुजेलले रु २० लाख २० हजार सहयोग गरे । भुजेलले रु दुई लाख २० हजार नगद र १८ लाखको चेक समितिलाई हस्तान्तरण गर्दै सबैलाई सहयोग गर्नसमेत उहाँले आग्रह गरे ।

कार्यक्रममा पण्डित नारायणप्रसाद खनालले पाल्चोकसम्म आउने बाटो राम्रो बनाउनुपर्नेमा जोड दिए । “यहाँ खानेबस्ने राम्रो व्यवस्था होस”, उनले भने, “यसले पर्यटन प्रवर्द्धनलाई टेवा पुग्ने छ ।

घण्ट बनाउन रु तीन करोड ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ । श्री जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समिति तथा मन्दिर व्यवस्थापन मूल समितिको आयोजनामा भोलिबाट फागुन ६ गते आइतबारसम्म आयोजना हुने नवाहा ज्ञान महायज्ञ पण्डित रामकृष्ण सुवेदी तथा नारायणप्रसाद खनालले वाचन गर्ने छन् ।

घण्ट निर्माणका लागि विष्णुबहादुर बराइलीले रु पाँच लाख, प्रकाश मानव सेवाका अध्यक्ष श्याम खडाकाले एक लाख पाँच हजार सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेको समितिका अध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !