२२ बैशाख २०८१, शनिबार

भाद्र १४ गते एकैदिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन सकिने


जनै पूर्णिमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भोलि भाद्र १४ गते विहिवार एकैदिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउने सकिने बताएको छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिले हिजो एक विज्ञप्ति जारी गर्दै भोलि पर्ने जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका सम्वन्धमा समाजमा हाम्रो धर्मशास्त्र, संस्कृति र परम्परामा असर गर्ने गरी भ्रामक टिकाटिप्पणी र प्रचार-प्रसार भएकोले जनमानसमा भ्रम सिर्जना भएकोमा समितिको गम्भीर भएको समेत जनाएको छ ।

पञ्चांग निर्णायक विकास समितिले हाम्रो धर्म, संस्कृति र परम्परा अनुकूल रहेको समेत जनाएको छ । अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने भएकाले दिउँसाे रक्षाबन्धन गर्न नमिल्ने समितिले स्पष्ट पारेको छ ।

यस्तो छ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको विज्ञप्ति

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !