१३ बैशाख २०८१, बिहिबार

बालुवाटारमा ओली प्रचण्ड भेटघाट, एमसिसीबारे छलफल गर्न सचिवालय बैठक बस्ने


बालुवाटारमा बसिरहेको नेकपा सचिवालय बैठकका रोचक तस्वीरहरु

काठमाडौं, जेठ २५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा एक्लाएक्लै भेटघाट भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न भोली सोमवार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन् । तर अर्का अध्यक्ष प्रचण्ड सहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।

कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले उक्त बैठकले एमसिसीको कुरा टुंग्याउने बताएका छन् । नेपालका विभिन्न आयोजनामा अमेरिकाले गर्न लागेको अनुदान सहयोग एमसिसीलाई लिएर नेकपाभित्रै तीव्र मतभेद छ।

एमसिसीमा भएका परियोजनाको काम अघि बढाउने गरी सरकारले आगामी वर्षको बजेट ल्याएको छ । तर नेकपाका कतिपय नेताहरूले एमसिसी अमेरिकी सैन्य रणनीति भएकाले यसलाई अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

यसअघि बसेको सचिवालय बैठकले संसदबाट एमसिसी पारित नहुँदासम्म यस अन्तर्गतका कार्यक्रम अगाडि नबढाउने निर्णय गरेको थियो। गत माघमा नेकपाले सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा एमसिसी अध्ययन गर्न कार्यदल बनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !