२ कार्तिक २०८१, शुक्रबार

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक


नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सी एउटै लहरमा

काठमाडौँ, जेष्ठ १० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज बसिरहेको सचिवालयको बैठकमा नेपालले जारी गरेको नयाँ नक्सा पछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता एजेन्डामा छलफल हुने बुझिएको छ ।

पार्टीक प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसी जस्ता मुद्दामा छलफल हुने सम्भावना रहेको छ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नयाँ नक्सा समावेश गर्न संसद्‍मा संविधान संशोधन प्रस्ताव दर्ता भइसकेको छ ।

संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागिएको हो । यस विषयमा पनि नेकपा बैठकमा छलफल हुने बताइएको छ । यसबाहेक १५ जेठमा आउने आगामी वर्षको बजेट तयारीका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ । यसैगरी एमसीसीको विषय पनि बैठकमा छलफल हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !