७ बैशाख २०८१, शुक्रबार

मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुँदैन :राणा


Pashupati-Shamsher-Rana Pashupati-Shamsher-Rana

चितवन-राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने विचार व्यक्त गरेका छन्। सोमबार पत्रकारसँग कुरा गर्दै उनले मधेस समस्या समाधान गर्न तत्काल वार्ता टोली बनाएर सरकार क्रियाशील हुनपर्नेमा जोड दिए। फरक प्रसङ्गमा भने–”नाकाबन्दीपछि पनि कालोबजारी रोक्न नसक्नु सरकारको कमजोरी हो । ”

नेता राणाले १९९० सालको भूकम्पले अहिलेको भन्दा बढी क्षति गरे पनि छ महिनामा पुनःनिर्माणको काम धेरै अघि बढेको तर अहिले एक वर्ष पुग्दा समेत काम अगाडि नबढेकामा असन्तुष्टि व्यक्त गरे। राप्रपा र राप्रपा नेपालको एकीकरणका सन्दर्भमा उनले एक साताभित्र प्रक्रिया अघि बढ्ने जानकारी दिए। रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !