११ बैशाख २०८१, मंगलबार

संसदीय समितिमै जाँदैनन् शीर्ष नेता


Sansad-bhawan nepal Sansad-bhawan nepal

३० चैत, काठमाडौं ।  व्यवस्थापिका संसद्का महत्वपूर्ण समितिको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु अनुपस्थित हुने गरेको पाइएको छ ।
कांग्रेस एमाले र एमाओवादीदेखि अन्य दलका प्रमुख नेताहरु पनि समिति बैठकमा नजाने गरेको संसद् सचिवालय स्रोतले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

शीर्ष नेताहरु संसदीय समिति बैठकमा लगातार अनुपस्थित भइरहँदा समितिका बैठक प्रभावित बन्ने गरेका छन् । संसद् कानुन निर्माण गर्ने निकाय हो ।

संसदका ११ वटा विषयगत समितिमध्ये प्रमुख दलका अधिकांश शीर्ष नेता शुसासन तथा अनुगमन समितिमा छन् । उनीहरु समितिको एउटै बैठकमा समेत उपस्थित नभएपछि सुशासन समितिले ध्यानाकर्षण गराउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !