१२ श्रावण २०८१, शनिबार

लिपुलेक विवादमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक


२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग पनि आफ्नै भन्दै भारतले केहि दिन अघि सार्वजनिक गरेको नक्सालगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो नक्सामा राखेपछि शनिबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । उक्त बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु, विभिन्न दलका नेताहरू र सीमा विज्ञहरुलाई बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !