७ बैशाख २०८१, शुक्रबार

फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउन कठिनः देउवा


sher bahadur deawa

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं-तराई फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल स्वदेशी लगानीमा बनाउन निकै कठिन रहेको बताएका छन् ।

नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारले फास्ट ट्रयाक स्वदेशी लगानीमा नै बनाउने निर्णय गर्दैै १० अर्ब बजेट छुट्याएको छ ।

तर, नयाँ सरकारको मुख्य साझेदार कांग्रेस सभापति देउवाले पूर्वाधारका ठूला आयोजनामा विदेशी लगानी भित्र्याइनुपर्ने बताए ।

गन्तव्य नेपाल नामक संस्थाले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले फास्ट ट्रयाक र निजगढ अन्र्तराष्ट्रिय विमानस्थल नेपालले आफैं बनाउन सके राम्रो हुने तर सम्भावना निकै कम रहेको बताए ।

कांग्रेस सभापति देउवाले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने र देश विकासका कामलाई प्रभावकारी रुपमा अघि बढाइने बताए ।

कार्यक्रममा आयोजक गन्तव्य नेपालले पर्यटन व्यवसायी मोहन लम्साललाई पर्यटन वर्ष व्यक्तिको रुपमा सम्मान गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !