१२ आश्विन २०८१, शनिबार

अन्तरप्रदेश बैठकमा आज तीन मुख्यमन्त्रीले धारणा राख्ने


meetin

2४ मङ्सिर, काठमाडौं । प्रदेश सरकार गठन भएको झण्डै १० महिनापछि अन्तरप्रदेश परिषदको बैठक आइतबार सुरु बैठक सोमबार बिहान १० बजे बस्दैछ ।

प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बस्ने बैठकमा तीन मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले धारणा राख्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

आइतबारको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले धारणा राखेका थिए ।

पहिलो दिनको बैठकमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनमा जोड दिन केन्द्र सरकारको विशेष ध्यानाकर्षण गरेका थिए । प्रदेश र केन्द्रवीच दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेशको बैठक बोलाएका थिए । संविधानमको धारा २३४ मा संघ र प्रदेशवीच भएका राजनीतिक विवाद मिलाउन प्रधानमन्त्रीले अन्तरप्रदेश बैठक बोलाउन सक्ने व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !