१९ असार २०८१, बुधबार

क्यामरुनका राष्ट्रपति पुनः निर्वाचित, मङ्गलबार सपथग्रहण


Nepalpatra

१९ कात्तिक, याउन्डे । क्यामरुनको राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएका पौल बियाले मङ्गलबार सार्तौँ कार्यकालका लागि सपथग्रहण गर्नुहुने भएको छ ।

राष्ट्रिय सभाले स्थानीय समय अनुसार मङ्गलबार विहान ११ बजे सपथग्रहणको कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

सपथ ग्रहण समारोह राजधानी याउन्डेमा रहेको राष्ट्रिय सभामा नै हुने भएको छ । सत्तारुढ दल क्यामरुन पिपल्स डेमोक्रेटिक मुभमेन्ट (सिपिडिएम)ले आफ्ना सदस्य तथा समर्थकहरुलाई कार्यक्रमका लागि परिचालन गर्ने भएको छ ।

संवैधानिक परिषद्का अनुसार ८५ बर्षिय बिया गत अक्टोबरमा भएको निर्वाचनमा पुनः विजयी हुनुभएको हो ।(रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !