११ श्रावण २०८१, शुक्रबार

सरकार परिवर्तनमा बाह्य शक्ति जोडिनु दुःखद : भट्टराई


Dr-Baburam-Bhattarai

सुर्खेत, १३ साउन — नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार परिवर्तनमा बाह्य शक्ति केन्द्रहरूको नाम जोडिनु अत्यन्त दुःखद भएको बताएका छन् ।

बिहीवार सुर्खेतमा नेपाल प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार परिवर्तनलाई नितान्त आन्तरिक लोकतन्त्रको कुरा भएको बताएका हुन् । सरकार परिवर्तनको कुरा आन्तरिक लोकतन्त्रको कुरा हो,’ उनले भने, ‘यसमा बाह्य शक्ति केन्द्रहरूको नाम जोडिनु अत्यन्त दुःखद कुरा हो ।’

संयोजक भट्टराईले यसका सम्बन्धमा सम्बन्धित पक्षहरूले सरकार बनाउन लागेका दल र नेताहरूले सत्यतथ्य जनतालाई सुसूचित गर्नुपर्ने बताए । उनले आफूलाई पनि अराष्ट्रवादीको आरोप लगाउने गरिएको भन्दै त्यस्तो आरोप लगाउनेहरुलाई ‘नीलवर्ण स्याल’ को संज्ञा दिए ।

पत्रकार भेटघाटमा नीलवर्ण स्यालको कथा सुनाउँदै उनले भने, ‘नीलो रंगमा डुबेर नीलो भएको स्यालले आफूलाई जंगलको राजा भएको बताएर अरूलाई दुःख दिने गर्दथ्यो र पछि अरू स्याल कराउँदा नीलो स्याल पनि सँगै कराएपछि ऊ पनि स्याल भएको पत्ता लागेको थियो ।’

उनले आफूलाई मात्रै राष्ट्रवादी भएको बताउनेहरू पनि ‘नीलवर्ण स्याल’ भएको बताए ।

उनले अहिलेको व्यवस्थाले देशलाई समृद्ध बनाउन नसक्ने भन्दै देशको विविधता सम्बोधन गर्न पूर्ण समानुपातिक व्यवस्थापिका र राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय प्रणालीमा जानुपर्ने धारणा राखे ।

‘यसका लागि संविधान संशोधन गर्न नयाँ शक्ति नेपालले अभियान चलाउँछ,’ उनले भने, ‘नेपाली जनताको माग पनि यही हो, हामी जनताको मागलाई अगाडि बढाउँछौं ।’
– See more at: http://lokaantar.com/samasamayik/18183#sthash.DQcYeTZy.dpuf


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !