६ जेष्ठ २०८१, आइतबार

संसद बैठक शुक्रबार एक बजेसम्मलाई स्थगित


samsad bhawan

६ साउन, काठमाडौं । मुख्य दलका शीर्ष नेताहरुबीच सहमति नजुटेपछि व्यवस्थापिका संसद बैठक शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच अविश्वासको प्रस्ताव पहिले छलफल गराउने कि बजेटका आश्रित विधेयकमा छलफल चलाउने भन्नेमा विवाद छ ।

यही विवादका कारण बिहीबार बिहान एघार बजे बस्ने भनिएको संसद बैठक दिउँसो दुई बजेसम्म सारिएको थियो । त्यसबिचमा सभामुख ओनसरी घर्तीले सहमतिको प्रयास गरेकी थिइन् । तर, सहमति नजुटेपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !