७ बैशाख २०८१, शुक्रबार

गठबन्धनद्वारा २ महिने आन्दोलन घोषणा, सरकारमा नजाने


काठमाडौं । नयाँ संविधानका अन्तर्वस्तुसँग असहमति राख्दै आएको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको बैठकले साउन र भदौका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका कार्यक्रममा अन्तक्र्रिया, गोष्ठीलगायत छन् । गठबन्धनले साउन ५ गते काठमाडौं, ११ गते धनगढी, २२ गते दाङ, २५ गते बुटबल र ३२ गते हेटौंडामा अन्तक्र्रिया गर्ने भएको छ । त्यसैगरी भदौ ४ गते चन्द्रनिगाहपुर, ११ गते बर्दिबास, १७ गते इटहरी, २२ गते बिर्तामोड र २८ गते भदौ विराटनगरमा अन्तक्र्रिया गर्ने गठबन्धनका नेता शरतसिंह भण्डारीले जानकारी दिए । बैठकपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गठबन्धनका माग बेवास्ता गरेको बताउँदै अब बन्ने सरकारमा पनि सहभागी नहुने बताए । “यो सरकार जानैपर्ने थियो, गयो,” उनले भने, “नयाँ सरकार गठनका लागि अविश्वासको प्रस्तावमा पनि हाम्रो समर्थन छ । तर, हामी माग पूरा नभएसम्म सरकारमा सहभागी हुँदैनौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !