१२ श्रावण २०८१, शनिबार

सरकार परिवर्तनको खेल स्वचालित नभइ ब्याट्रीबाटः प्रधानमन्त्री ओली


kp-oli

३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारपरिवर्तनमा बाह्य खेल भएको दाबी गरेका छन् । नेकपा माओवादीले सरकारबाट बाहिरिएर नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको कसरत गर्नुका पछाडिको खेललाई उनले स्वचालित नभएको टिप्पणी गरे ।
भइरहेको के छ भन्ने कुरा मैले भनिरहनु पर्दैन । सबैले टुलुटुलु आँखै अगाडि देख्नु भएको छ । सरकार परिवर्तनका मिटिङहरु आफ्ना आफ्ना बीचमा भए पनि हुन्थ्यो । अलिकति स्वचालित भइरहेको थियो । व्याट्रीबाट चल्ने खालको स्थिति देशका निम्ति दुःखद कुरा हो,’ रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘कुनै पार्टी सरकारबाट बाहिर गयो भने अरु-अरु उफि्रने, खुसी हुने, भोज खाने । त्यसले चित्र स्पष्ट गर्छ ।’

माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि भारतीय राजदूतावासमा भोज आयोजना भएको चर्चा चलिरहेका बेला ओलीले सार्बजनिक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।

स्वाधिनतामा हस्तक्षेप गर्ने सपना नदेख्न चेतावनी
यसअघिका सार्वजनिक कार्यक्रमहरुमा उखान टुक्का प्रयोग गरेर हँसाउने गरेका प्रधानमन्त्री ओली बिहीबार भने निकै भावुक रुपमा प्रस्तुत भएका थिए ।

प्रधानमन्त्री ओलीले आफूले नाकाबन्दीका बेला राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको परिणाम कांग्रेस र माओवादीलाई प्रयोग गरेर सरकार परिवर्तन गर्न खोजिएको आरोप लगाए ।

नाकाबन्दीका बेला चर्को अभाव झेलेर पनि देशभक्ति देखाउनुले नेपालीहरु अन्याय सहँदैनन् भन्ने पुष्टि भएको भन्दै उनले अस्थिर खेलकुद गरेर नेपालको स्वाधिनतामा हस्तक्षेप गर्ने सपना नदेख्न चेतावनी दिए ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ सुरक्षा अधिकृतहरु सहभागी थिए । तर, सभामुख, कांग्रेस, माओवादी र राप्रपा नेपालका नेताहरु कार्यक्रममा अनुपस्थित थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !