११ श्रावण २०८१, शुक्रबार

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी


मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका दुई मन्त्रीले राजीनामा बुझाएका हुन् ।

एकीकृत समाजवादीको तर्फबाट भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेली दुवैजनाले मंगलबार साँझ राजीनामा बुझाएका हुन् ।

जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको श्रम तथा यातायात मन्त्री लुंगेलीले जानकारी दिइन् ।

मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले), माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका थिए । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !