१४ असार २०८१, शुक्रबार

कांग्रेसको अवरोधका बीच प्रतिनिधिसभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित भएको छ । आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा काँग्रेसको अवरोधका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित भएको हो ।

आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे । काँग्रेसको विरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनको प्रति टेबुल गरेका थिए ।

गत जेठ १ गते बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले आज पनि नाराबाजी गर्दै बेल घेराउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !