१२ श्रावण २०८१, शनिबार

मधेशमा आज एमालेले नयाँ सरकारका लागि दाबी पेश गर्दै


मधेशमा आज एमालेले नयाँ सरकारका लागि दाबी पेश गर्दै

जनकपुरधाम । मधेश प्रदेशमा नेकपा (एमाले) ले आज नयाँ सरकार गठनका लागि दाबी पेश गर्दै छ । मधेशमा एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखसमक्ष चार दलले दाबी पेश गर्ने भएका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट माओवादी केन्द्र र एमालेले हिजो बाहिरिएर समर्थन फिर्तासंगै यी दलका नेताहरू नयाँ सरकार गठनको परामर्शमा जुटेका हुन् ।

एमाले र माओवादीले सरकार छोडेसँगै जसपा नेतृत्वको मधेस प्रदेशको सरकार अल्पमतमा परेको छ । हिजो जनकपुरधाममा यी चार दल एमाले, माओवादी केन्द्र, जनमत र लोसपाका सांसदहरूले नयाँ सरकार गठनको बारेमा छलफल गरेका थिए ।

हिजो भएको छलफलमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा नयाँ सरकार बनाउने टुङ्गो लागेको छ । नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष दावी पेश गरिने भएको हो ।

मधेश प्रदेशसभामा १०७ जना साँसद रहेकोमा सरकार बनाउन आवश्यक पर्ने ५४ साँसदमा नयाँ सरकार गठनको दावी गर्न लागेका चार दलसँग ५५ साँसद रहेका छन् ।

मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित २५, माओवादीका ९, जनमतका १३ र लोसपाका ८ जना सांसद छन् । यस्तै मधेसमा एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !