१९ बैशाख २०८१, बुधबार

अन्तत: सुदूरपश्चिममा नेकपा एसका सोडारीलाई एमालेको समर्थन


दीर्घ सोडारी

काठमाडौं । अन्तत: सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) ले नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारीलाई समर्थन गरेको छ । सुदूरपश्चिममा एमालेले मुख्यमन्त्रीमा एकीकृत संसदीय दलका नेता सोडारीलाई समर्थन गरेको हो ।

आज बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गरेको पत्र दिएका हुन् । एमालेले सोडारीका नाममा समर्थन नगर्दा मुख्यमन्त्रीमा दाबी गर्न अन्योलता पैदा भएको थियो ।

नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री दाबी गर्नका लागि सोडारी प्रदेश प्रमुख कहाँ पुगेका छन् । मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि आज साँझ ५ बजेसम्मको समयसिमा दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !