१८ बैशाख २०८१, मंगलबार

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले पाए विश्वासको मत


जोखबहादुर महरा

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत पाएका छन् । आज शुक्रबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री महराले विश्वासको मत पाएका हुन् ।

८६ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री महराले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी पेश परेको प्रस्तावको पक्षमा ४८ मत परेको छ भने विपक्षमा २८ मत मात्र परेको छ ।

महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको मत दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !