२१ बैशाख २०८१, शुक्रबार

उपनिर्वाचनमा आज उम्मेदवारको नामावली प्रकाशन गरिने


निर्वाचन आयोग नेपाल

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाखमा हुने उपनिर्वाचनमा लागि आज उम्मेदवारको नामावली प्रकाशन गर्दै छ । आयोगले आज सोमबार बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको हो ।

आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो । हिजै अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ । यद्यपि उम्मेदवारमाथि उजुरी नपरेको आयोगको भनाई छ ।

आज बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, भोलि २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । शनिबार उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क)मा १२ जनाले उम्मेदवारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !