२१ बैशाख २०८१, शुक्रबार

नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व कांग्रेसले लिनुपर्छ : उपसभापति गुरुङ


धनराज गुरुङ

मोरङ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा शुद्धीकरणको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने धारणा राखेका छन् ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ ट्रेड युनियनको ११औँ केन्द्रीय परिषद्को भेला उद्घाटन गर्दै आज उनले पार्टीका सबै कार्यकर्ता लोकतन्त्र र सङ्घीयताको प्रवर्द्धन गर्न लाग्नुपर्ने जोड दिँदै जनताको पक्षमा काम गर्न निर्देशन दिए ।

उनले मुलुकमा सत्ता समीकरण परिवर्तन हुनु सामान्य भएको भन्दै यस विषयमा धेरै चिन्ता लिनु आवश्यक नभएको चर्चा गरे ।

त्यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन भइरहेको बताए । उनले वर्तमान प्रदेश सरकारले जनभावनाअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकासको प्रतिफल जनताको घर÷घरमा पु¥याउने अठोट व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले भौतिक विकासको दीर्घकालीन स्थायित्वका लागि मानवीय विकासका लागि प्रदेशका जहेन्दार विद्यार्थीलाई प्राविधिक शिक्षाका अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको बताए । उनले प्रदेश सरकारले १० वर्ष मुनिका लागि बालिबालिकाको निःशुल्क उपचार व्यवस्था गरेको बताए ।

ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जनार्दन भट्टराई र प्रदेश सरकारका पूर्वमन्त्री गयानन्द मण्डलले सङ्घीय लोकतन्त्रमा जनताले आफ्नो घर अगाडि सरकारको अनुभूति प्राप्त गरेको हुनाले यसलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !