२१ बैशाख २०८१, शुक्रबार

अझै केही वर्ष पार्टीकाे नेतृत्वबाट पछि नहट्ने एमाले अध्यक्ष ओलीको संकेत


केपी शर्मा ओली

पोखरा । सत्ता साझेदार प्रमुख दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झरेको कपाल पलाउन थालेकोले २० वर्ष अरू कसैले आस नगरे हुने बताएका छन् ।

नेकपा एमाले कास्कीको ११औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बाेधन गर्दै अध्यक्ष ओलीले अझै केही वर्ष पार्टीकाे नेतृत्वबाट पछि नहट्ने स्पष्ट पारेका हुन् ।

उनले अहिले आफूहरु आराम गरेर बस्ने बेला नभएकाे बताए । उनले पार्टीका पूर्व प्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परम्परा गलत भएको बताएका छन् ।

आफूले अध्यक्ष पद छोडेपछि वरिष्ठ नेता भएर अध्यक्षको छेउमै बसेर यो पनि चाहियो त्यो चाहियो भनेर सांकेतिक रुपमा माधव नेपाल र झलनाथ खनालले जस्तो गरेर नबस्ने उनले प्रष्ट पनि पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !