८ जेष्ठ २०८१, मंगलबार

जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस


जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो स्थानमा खानको नाम सिफारिस गरेको हो ।

पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले २७ वर्षीया खानलाई सिफारिस गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले लुम्बिनी प्रदेश सरकारलाई विश्वासको मत नदिने पनि निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !