१२ श्रावण २०८१, शनिबार

सवारी प्रदूषण नियन्त्रणमा सरकार गम्भीर : वातावरणमन्त्री सुडी


नवलकिसोर साह सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सवारी साधनबाट उत्सर्जन हुने धुँवाको प्रदूषण मापनको नियमित व्यवस्था गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तर समयमा जवाफ दिँदै मन्त्री सुडीले तोकिएको मापदण्डबमोजिम सवारी साधन प्रयोगकर्ताले वार्षिक परीक्षण गराइ हरियो स्ट्रिकर लिनुपर्ने व्यवस्था गरिएको जनाए ।

सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उनले सो क्रममा यातायात विभाग, प्रदेश सरकार र ट्राफिक प्रहरीसँग समन्वय गरेर काठमाडौँ उपत्यकालगायतका सहरमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सकारले पूरा ध्यान दिएको स्पष्ट गरे ।

सांसद निशा डाँगीको जलवायु परिवर्तनको असरसम्बन्धी प्रश्नमा मन्त्री सुडीले जलवायु न्यूनीकरणका लागि नीतिगत प्रबन्ध गरी आवश्यक कार्यहरु गरिरहेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !