१२ श्रावण २०८१, शनिबार

प्रस्तावित महालेखा परीक्षक रायाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान


तोयम राया

काठमाडौँ । प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी दिन आह्वान गरिएको छ । आज सोमबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित महालेखा परीक्षक रायाविरुद्ध १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !