१८ बैशाख २०८१, मंगलबार

शिक्षा समितिका नवनिर्वाचित सभापति थापाले लिए सपथ


अम्मरबहादुर थापा

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नवनिर्वाचित सभापति अम्मरबहादुर थापाले सपथ लिएका छन् । नेकपा (एकीकृत समाजवादी) का सांसद समेत रहेका सभापति थापालाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद भवन नयाँ वानेश्वरमा पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मंगलवार संसद् भवनमा सांसद थापाले उक्त समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । थापाको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल र समर्थकमा दीपा शर्मा थिए ।

सो समितिको सभापति छान्न आज बुधबार दिउँसो बोलाइएको समितिको बैठकबाट उनी सभापति पदमा निर्वाचित भएका हुन् ।

यसअघि पनि सो समितिको सभापति एकीकृत समाजवादीबाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी थिए । जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उम्मेदवारी दिएका निर्वाचित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !