२० बैशाख २०८१, बिहिबार

राष्ट्रपति पौडेल स्वयम्भूमा गरिने पूर्णाहुती पूजामा सहभागी


राष्ट्रपति पौडेल स्वयम्भूमा गरिने पूर्णाहुती पूजामा सहभागी

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल विश्व सम्पदा सूचीमा रहेको काठमाडौ स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर जीर्णाेद्ववार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधिअनुसार शुभसाईतमा गरिने पूर्णाहुती पूजामा सोमबार सहभागी भएका छन् ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजना गरेको सो पूजापछि मूल छत्र गजुर जीर्णाेदवारमा सहयोग गर्ने १० जनालाई राष्ट्रपति पौडेलले प्रशंसापत्रसमेत वितरण गरेका थिए ।

महाचैत्यको मूल छत्रमा २०७९मा आएको हावाहुरीका कारण क्षति पुगेको थियो । यसैबीच राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलका साथमा स्वयम्भू क्षेत्रमा रहेको हारती माताको समेत पूजा गरेका थिए ।

राष्ट्रपति पौडेल स्वयम्भूमा गरिने पूर्णाहुती पूजामा सहभागी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !