१२ श्रावण २०८१, शनिबार

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा


प्रदीप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेको राजीनामा मागेको हो ।

सांसद पौडेलले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै त्यस्तो व्यक्ति अनुसन्धान गर्ने निकायमा बसेर कसरी अनुसन्धान हुन्छ भन्दै प्रश्न गरे । उनले अहिलेको गृहमन्त्री पहिला प्रश्न गर्ने ठाउँमा भए पनि अहिले आफूमाथि नै प्रश्न बोकेर गृहमन्त्रीका रूपमा कसरी काम गर्नुहुन्छ भनेर प्रश्न गरे ।

उनले ३१ हजार सहकारीमा ७३ लाख बचतकर्ताको माग अनुसन्धानको घेराभित्र रहेको मानिसले पूरा गर्न नसक्ने बताए । पौडेलले आफूमाथि प्रश्न बोकेर गृहमन्त्री बन्न नहुने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रश्नको जवाफ नदिएर भागी हिँडेको आरोप लगाए । प्रधानमन्त्रीले लामिछानेलाई मन्त्री बनाउन नहुने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !