११ श्रावण २०८१, शुक्रबार

यी हुन् एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरु


रघुवीर महासेठ, पदम गिरी, दामोदर भण्डारी, हरिप्रसाद उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी

काठमाडौँ । नेकपा एमालेले मन्त्रीहरूको नाम लगभग टुंगो लगाएको छ । नयाँ सत्ता गठबन्धनको आज बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो ।

सो भागबण्डाअनुसार एमालेले ८ मन्त्रालय पाउने भएको छ । एमालेबाट सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयसहित सरकारमा जानेछन् ।

एमालेका एक नेताले दिएको जानकारीअनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, राजेन्द्रकुमार राई भूमि व्यवस्था तथा सहकारी मन्त्री, पदम गिरी कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, बलराम अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री (परिवर्तन हुन सक्ने), भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, हरि उप्रेती रक्षामन्त्री र ज्वालाकुमारी साह कृषि मन्त्री हुने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !