२४ बैशाख २०८१, सोमबार

एमाले र माओवादीले प्रदेश सरकारमा पनि आलोपालो गर्ने


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश सरकारमा पनि आलोपालो गर्ने भएका छन् । एमाले र माओवादीले सातै प्रदेशमा आलोपालो सरकार सञ्चालन गर्ने तयारी गरेका हुन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रियसभा अध्यक्ष कसलाई बनाउने भन्ने टुंगो लगाउन अर्को बैठक बस्ने जानकारी दिए । उनले सबै कुरा अब नयाँ शिराबाट चल्ने पनि बताए ।

प्रदेश सरकारमा एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच छलफल जारी छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको दावी गरेको छ भने मधेश प्रदेशमा जसपाको नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना रहेको छ ।

नयाँ गठबन्धन घोषणा गर्ने बारेमा बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेवीच छलफल जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !