२३ बैशाख २०८१, आइतबार

बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक जारी रहेको हो ।

बैठकमा नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको बताइएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीर्ष नेताहरुबीच भइरहेको छलफलको विषयमा नेताहरुलाई जानकारी गराइरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूवीच मिलेर जाने सहमति भएसंगै नेपाली राजनीतिले यूटन लिने देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !