१८ बैशाख २०८१, मंगलबार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरूको व्यहोरा पढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले राष्ट्रिय सभाबाट उत्पति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तेस्रो सम्भावित कार्यसूची रहेको छ ।

साथै आजको बैठकमा अर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने चौथो सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची

संसद बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !