१२ श्रावण २०८१, शनिबार

महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक


जसपा केन्द्रिय पार्टी कार्यालय

काठमाडौँ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ ।

पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा महाधिवेशनलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

प्रवक्ता सुमनले भने, “महाधिवेशनका निम्ति विभिन्न प्रस्ताव तयार गर्न समिति निर्माण गरिनेछ, समसामयिक राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुनेछ ।” जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !