११ श्रावण २०८१, शुक्रबार

अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश


महोम्मद अफ्ताव आलम

काठमाडौँ । रौतहट जिल्ला अदालतले राजपुर बम काण्डका आरोपी अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ । रौतहट जिल्ला अदालतले आलमको मुद्दामा सरकारी पक्षका साक्षीलाई झिकाएर बकपत्र गराउन आदेश गरेको हो ।

आज न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले सरकारी पक्षका साक्षीलाई झिकाएर बकपत्र गराउन आदेश गरेको हो । आइतबार भएको आदेशमा घाइतेको फरेन्सी जाँचको प्रतिवेदनसमेत माग गरिएको छ ।

१६ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा अझै बकपत्रका लागि साक्षीहरु उपस्थिति नभएकाले झिकाउन आदेश भएको अदालतका श्रेस्तेदार माधव ढोडारीले जानकारी दिए ।

सो मुद्दामा आज आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक र अफताब आलमले बहस गरेका थिए भने बादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता अधिवक्ता पुष्प पौडेलले बहस गरेका थिए ।

रौतहट साविक राजपुर फरदहवा गाविस-४ हाल राजपुर नगरपालिका-४ मा २०६४ चैत २७ गते बम विस्फोट गराइएको आरोपमा आलम अहिले पुर्पक्षका लागि थुनामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !