१ बैशाख २०८१, शनिबार

राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत


राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा विग्रेडका कर्णेल कमाण्डेन्ट रिचार्ड वार्डलो ओ. वि. ई. सहितको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थीरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताउँदै यसमा एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको सचिवालयले जनाएको छ ।

उहाँले गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएको बताउँदै पूर्व ब्रिटिस गोर्खाका गुनासाहरू सम्बोधनका लागि कुटनीति तहमा भइरहेको छलफलमा संयुक्त अधिराज्य बेलायतले उदारता र सद्भावबाट चाँडे टुंगोमा पुर्याउने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको टोलीले गोर्खा विग्रेडको बार्षिक प्रतिवेदन प्रस्तुत

 

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चिन्ताको विषय बनेकाले यसमा मिलेर काम गर्नुपर्ने बताए ।

वार्डलोले प्रतिवेदन पेश गर्दै गोरखाली सेनाको व्यवसायीकता, समर्पण र क्षामतालाई बेलायतले मात्र संसारले सम्मान र प्रशंसा गरेको उल्लेख गर्दै बेलायती गोर्खाहरू यो संसार जबसम्म रहनेछन् तबसम्म संघीय लोकतान्त्रि गणतन्त्र नेपालको एउटा उत्कृष्ट राजदूतका रूपमा काम गरीरहने विश्वास व्यक्त गरे ।

प्रतिवेदनमा सन् २०२३ लाई फर्केर हेर्दा विग्रेड अफ गोर्खाजले विश्वलाई सुरक्षित स्थान बनाउन आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा अन्तराष्ट्रिय अनिश्चितताका बाबजुद पनि गोर्खाहरूको प्रतिष्ठा र प्रभावकारिता कायम रहेको उल्लेख गरिएको छ । सो अवसरमा बेलायती राजदूत रोब फेनको पनि उपस्थिती रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !