१२ श्रावण २०८१, शनिबार

संसदको यो कार्यकालमा पुन: मन्त्री नबन्ने राप्रपा अध्यक्ष लिङदेनको घोषणा


राजेन्द्र लिङदेन फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसदको यो कार्यकालमा पुन: आफू मन्त्री नबन्ने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।

अध्यक्ष लिङदेनले वर्तमान संसदको बाँकी चार वर्षे कार्यकालमा आफू सरकारमा सहभागी नहुने घोषणा गरेका हुन् । राप्रपाभित्र चुनाव जितेर सांसद बनेकाहरू अवसर पाएसम्म सरकारमा जानुपर्ने पक्षमा छन् भने चुनाव हारेका र सांसद नरहेकाहरू प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् । र

केही दिनअघि बसेको कार्यसम्पादन समिति वैठकमा पनि सरकारमा सहभागिताको प्रसंग उठेको स्मरण गर्दै उनले आफू मन्त्री नबन्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

यद्यपि उनले आफू व्यक्तिगत रुपमा सरकारमा नगएपनि राप्रपा सरकारमा जाने सम्भावनाको ढोका भने खुल्ला राखेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले हिजो योहो टेलिभिजनको ‘सत्य संवाद’ कार्यक्रम मार्फत संसदको यो कार्यकालमा पुन: आफू मन्त्री नबन्ने प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !