२० बैशाख २०८१, बिहिबार

उपराष्ट्रपति यादव र भारतीय राजदूतवीच भेटवार्ता


उपराष्ट्रपति यादव र भारतीय राजदूतवीच भेटवार्ता

काठमाडौँ । भारतका राजदूत नवीन श्रीवास्तवले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा परस्पर शुभकामना आदान–प्रदानपछि दुई मुलुकको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकास प्राथमिकताहरु, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरू लगायत विविध विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !