२२ बैशाख २०८१, शनिबार

गठबन्धनसँग एमालेद्वारा ६ सिट माग, माधव नेपालको असहमति


सत्ता गठबन्धन

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माघ ११ गते हुने राष्ट्रियसभाका ६ सिट माग गरेको छ ।

आज बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन् ।

गठबन्धनभित्र राष्ट्रियसभा सदस्य निर्वाचनबारे सिट बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन । बिहीबार बसेको गठबन्धनमा आबद्ध चार दलका नेताहरूको बैठकले सिट बाँटफाँटको विषय टुंग्याउन नसकेको हो ।

एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो । बिहान कुनै सहमति नजुटेपछि आजै बेलुका फेरि प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभपति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने भएको छ ।

बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक बसेको थियो । हिजोको बैठकमा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए । अध्यक्ष ओलीले राष्ट्रियसभामा एमालेलाई शून्य नबनाइदिन आग्रह गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !