११ श्रावण २०८१, शुक्रबार

पूर्व प्रधानमन्त्री भट्टराईको शताब्दी जन्मजयन्ती आज मनाइदै


कृष्णप्रसाद भट्टराई

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सन्त नेता एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्ती आज मनाइदै छ ।

भट्टराईको शताब्दी जन्मजयन्तीका अवसरमा काँग्रेसले आज आज विमर्श सभा गर्ने भएको हो । कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसानजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो ।

सानेपास्थित कांग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरू र विशिष्ट व्यक्तिहरूले सम्बोधन गर्नेछन् । वि.सं. १९८१ पुस ८ मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो ।

नेपाली कांग्रेसका पूर्व सभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पछिका पहिला प्रधानमन्त्रीसमेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !