२४ बैशाख २०८१, सोमबार

धनकुटामा एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार


ओलीमाथि मुक्का प्रहार

धनकुटा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको छ । एमाले झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्राको आज १५औँ दिन अध्यक्ष ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका हुन् ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो । अध्यक्ष ओलीमाथि लेगुवाकै महेश राईले मुक्का प्रहार गरेका हुन् ।

आक्रमण गर्ने राईलाई प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेको खुलेको छ । ओलीको स्वागतमा लाइनमा बसेकाहरुको बीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरेका हुन् ।

एमालेका नेता उपमहासचिव प्रदीप ज्ञवालीले धनकुटाको लेगुवामा मादक पदार्थ सेवन गरेका एक युवाले अवरोध गर्न खोज्दा शंकास्पद लागेर प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।

उनलाई शंका लागेर सुरक्षामा खटिएका प्रहरीले फूलमाला लगाउने लाइनमा जानबाट रोक्न खोजेका थिए । उनले मुक्का हान्नुको कारण खुलेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !