८ जेष्ठ २०८१, मंगलबार

अतिवादीले एनसेल प्रकरणमा भ्रामक प्रचार गरेकोले प्रतिवाद गर्नोस् : प्रधानमन्त्री प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद-बिक्री सम्वन्धमा अतिवादीले भ्रामक प्रचार गरेकोले प्रतिवाद गर्न आग्रह गरेका छन् ।

आज सोमबार प्रेस सेन्टर नेपालले पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले तल्लो स्तरबाट गलत प्रचार गरिएकोमा असन्तुष्टि जनाएका हुन् ।

प्रचण्डले अतिवादी, अराजकतावादी निकै आतंकित भएका भन्दै उनीहरूले व्यवस्था, परिवर्तनमाथि निकै प्रहार गरेकोमा चिन्ता व्यक्त गरे । उनले युद्धबाट शन्तिमा आउँदा प्रेसको भूमिका अझै बढेको भन्दै प्रधानमन्त्रीले प्राप्त उपलब्धिको रक्षाका लागि सकारात्मक भूमिका खेल्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !