२२ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा


सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरू बैठक बसेको हो ।

एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, सुन प्रकरण, टिआरसी विधेयक लगायत विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आगामी माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्ड र पछिल्लो समय चर्चामा रहेको एनसेल सेयर खरिद-बिक्री प्रकरणका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरू सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !