२३ बैशाख २०८१, आइतबार

रास्वपाको सचिवालय बैठक आज साँझ बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज बस्ने बताए ।

उनका अनुसार थपिएका केन्द्रीय सदस्यहरुले आज शपथ लिने कार्यक्रम छ । “साँझ ५ बजे सचिवालयको बैठक र त्यो भन्दा अघि नवमनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ”, सहप्रवक्ता रावलले भने ।

महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीका केन्द्रीय सदस्य थपिएको थियो । बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !