२३ बैशाख २०८१, आइतबार

एकीकृत समाजवादीको महाधिवेशन जेठमा


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को आज बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको उक्त बैठकले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

उहाँका अनुसार आजको बैठकले यही मङसिर २८ र २९ गते सचिवालय बैठक, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटब्युरो बैठक, पुस ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ ।

सोमबार बसेको उक्त पार्टीको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । यसैगरी पार्टीको विधानका कतिपय व्यवस्थामा छलफल गर्नुपर्ने भएकाले आउँदो माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत भएको उपमहासचिव खतिवडाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !